इलामको जीतपुरमा मृत शिशु फेला, दुई जना प्रहरी नियन्त्रणमा

इलाम, २५ जेठः  इलामको  देउमाई नगरपालिका वडा नं. ८ जितपुर स्थित जंग बहादुर राईको उत्तिसको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । बिहीबार दिउसो स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । 
ईलाका प्रहरी कार्यालय मंगलबारे इलामका प्रहरी निरीक्षक राजकिशोर साह तेलीको कमाण्डमा प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान गर्दा सोही स्थान बस्ने बर्ष ३२ की कल्पना राईको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा रहेको अवस्थामा अवैध शारिरीक सम्बन्धबाट रहेको गर्भ बाट शिशु जन्माई फालेको बुझिन आएकोले मृत शिशु पोष्टमार्टमको लागी विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । उक्त घट्नासमा संलग्न सोही स्थान बस्ने बर्ष ४० को लोक बहादुर राई र कल्पना राईलाई नियन्त्रणमा लिई थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएकोछ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता