सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमण गरेका छैनौँ : विप्लव

काठमाडौं । सोलुखुम्बुको छेस्का प्रहरी चौकीमा आक्रमण गरिएको समाचार गलत भएको विप्लवले जनाएको छ । जिल्लाको महाकुलुङमा नेत्रविक्रम चन्द विप्लव समूहद्धारा प्रहरी चौकीमा आक्रमण गरिएको भनेर छापिएको समाचार गलत भएको त्यसमा आफ्नो हात नभएको विप्लवले बताएको हो ।
विप्लव कार्यकर्ताले छापामार शैलीमा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि सोलुखुम्बुको एउटा प्रहरी चौकी खाली गराइएको भन्ने समाचारमा सत्यता नभएको भन्दै उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गरेका छन्।
महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास भएपछि प्रहरीलाई सुरक्षित स्थान सारिएको प्रहरीले बताएको थियो। विप्लव समूहले सोमबार एक विज्ञप्ति निकाल्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सरकारले आफू माथि षड्यन्त्र गरेको बताएको छ ।
विप्लव कार्यकर्ताको ठूलो समूह आइतबार मध्यराति प्रहरी चौकीमा आक्रमण गर्न पुगेको थियो। तर, त्यसबेलासम्ममा त्यहाँका प्रहरीलाई सुरक्षित स्थान सारिसकिएको थियो। हातहतियार तथा प्रहरी नभएको चौकीमा पुगेर विप्लव कार्यकर्ता फर्केको प्रहरीको दाबी छ।
न्युज२४ बाट साभार गरिएको 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता