अन्तर विद्यालय क्रिकेटः समाताद्वारा सगरमाथा १०८ रनले पराजित

इलाम, २३ जेठः अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा समता १०८ रनले विजयी भएको छ । सगरमाथा अंग्रेजी वोडीङ स्कुले टस जितेर व्याटीङको निम्तो पाएको समाता शिक्षा निकेतनले ८ विकेटको क्षतिमा १८८ रनको विशाल  स्कोर बनाएको थियो । समताका लागि विल्सन नेम्माङ ४१ रन बनाएका थिए उनले २६  वलको सामना गर्दै  ४ छक्का र ४ चौका प्रहार गरेका थिए । सगरमाथाका सुमन ढुङ्गानाले सममताको ३ विकेट निकालेका थिए ।
समताले दिएको १८९ रनको लक्ष्य पछियाउन क्रिजमा उत्रेको सगरमाथा ८० रनमा अलआउट भएको थियो ।  सगरमाथाका लागि पर्वत राईले सर्वाधिक ३३ रन बनाएका थिए भने समाताका विवेक सोनामा र प्रविण लिम्वुले समान ४÷४ विकेट निकालेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता