इलाममा प्रदेश स्तरिय उस्सु प्रतियोगिता हुने

इलाम, २३ जेठः इलाममा आगामी २७ गतेबाट २९ गते सम्म एक नम्वर स्तरिय उस्सु प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालय १ नम्वर प्रदेशले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एक नम्वर प्रदेशका ९ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । महिला र पुरुषको छुट्टा छुट्टै प्रतियोगिता सञ्चालन गरिने इलाममा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
इलाम सदरमुकामको खेलकुद विकास समितिको हलमा आयोजित सम्मेलनमा पहिलोचोटी इलाममा यस्तो प्रतियोगिता गर्न लागिएको जानकारी गराइयो । जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष बृहसपती उपरकोटीका अनुसार कार्यक्रमका अवसरमा भोली देखी नै विविध कार्यक्रम गरिने जनाइएको छ । क्षेत्रगत रुपमा आयोजित प्रतियोगितामा उपस्थित भएका जिल्लाहरुलाई मात्र इलाममा हुने प्रतियोगितामा सहभागिता गराइएको प्रशिक्षक खेमराज थापाले जानकारी दिनुभयो । 
प्रतियोगितामा पुरुष तर्फ ३५ देखी ६० किलो तौलसम्मको प्रतिष्पर्दा हुने छ । त्यस्तै महिला तर्फ ४० देखी ५६ किलोसम्म प्रतिष्र्दा गराइने वताइएको छ । प्रतियोगितामा स्वर्ण, रजत र काष्यपदक खेलाडीलाई क्रमश नगद ३, २ र १ हजार प्रदान गरिने वताइएको छ । यो पुरस्कार राशि अहिलेसम्मकै धेरै रहेको पनि वताइएको छ । 
प्रतियोगिताका लागि सहभागि जिल्लाहरुबाट १९ खेलाडी र दुई प्रशिक्षकको उपस्थिती रहने वताइएको छ । ९ जिल्लाका १ सय ८९ जना खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने भएकाले पनि यसलाई खेल पर्यटनसँग जा्डिएको अध्यक्ष उपरकोटीले जानकारी दिनुभयो । यो प्रतियोगिता भर्खरै इलाम सदरमुकाममा निर्माण भएको फुटसल मैदानमा हुने जनाइएको छ । प्रतियोगितामा सान्सौ र थाउलो गरि २ इभेन्ट अन्तर्गत सञ्चालन गरिने वताइएको छ । इलामा भने २०६५ सालबाट मात्र उस्सु खेल खेल्न थालिएको इतिहास छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता