रोङमा भेटियो र्दुलभ जनावर सालक


  •  गोबिन्द पौडेल 

रोङ जेठ २३:   रोङ ६ को रम्भ्याङ्गमा गए राती दुर्लभ जनावर सालक भेटिएको छ । प्राय गरेर रातमा मात्र चर्न निस्कने दिनमा भने लुकेर बस्ने गरेको सो लोपोम्मुख जनाबरले आफैले सजिलै सँग दुलो बनाएर बस्ने गरेको छ । प्रकृतिलेनै बलियो खपटा बनाइ दिएको सो जनावरले आफु असुरक्षित महसुस गरेका खुट्टा र थुतुनो पुच्छरले बेरेर डल्लो पर्ने गरेको छ । शरिरमा अति बलियो खपटाले ढाकेको हुदा सामान्यतय जंगलि जनाबरले यसको सिकार गर्न नसक्ने रहेको हुन्छ । अझ अनौठो विशेषता त जब यो जनाबरले आफु असुरक्षित महसुस गर्छ बलियो खपडासहितको पुच्छरले बेरेर आफु भकुण्डो जस्तो बनेपछि भिरालो जमिनबाट गुड्दै गुड्दै जाने भएकोले भिरालो स्थानमात भेट्न पनि सकिदैन ।
 सो जनाबर हिजो राती करिव १० बजेतिर बरडाडा बरबोटे सडकको बगाले गाउनजिकै मुल सडकमानै प्वाल बनाइरहेको अवस्थामा भेटिएको थियो । स्थानिय बासीहरुले सो जनावर भेटेपछि केहिछिन रमिता नै भएको थियो । पछि उनिहरुले यो दुर्लभ जनावरलाइ सोहि स्थानको जंलतिर जान दिएका थिए ।
 नेपालमा पाइने यस जनावरको अबैध तस्कर र मारेर खपटा बिक्रि गर्ने भएकोले यस्ता जनावरहरु दुर्लभ बन्दै गएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता