कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, डेढ दर्जन घाइते

काठमाडौं– -जेठ २३,  सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा डेढ दर्जन नागरिक घाइते भएका छन् । 
बिहीबार साँझ साढे ७ बजेतिर आएको हावाहरीका कारण धनगढीमा १० जना घाइते भएका छन् । यस्तै  रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको खबर प्राप्त भएको छ । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले आँधीहरुबाट जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालयको वाल र होरिङ बोर्ड हुरीले उडाएको जानकारी दिँदै ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको बताए ।  जिल्लाभरी नै हुरीको प्रभाव परेको पनि उनको भनाई छ । 
यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट ८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 
अहिले प्रभावित क्षेत्रमा सामान्य वर्ष भइरहेको भएपनि हुरी भने आउन रोकिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता