पर्यटन प्रवर्धनको लागि इलाम मोटरसाईकल एक्स्पीडीसन (भिडियो सहित)

इलाम, २४ जेठः इलाम लगायत मेची क्षेत्रको नै पर्यटन प्रर्वधन गर्ने उद्देश्यले मोटरसाईकल एक्स्पीडीसन गरिने बिहीबार मेची पहाडी क्षेत्र पर्यटन प्रर्वधन समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी गराएका हुन । ५ दिनको एक्स्पीडीसन २५ गते बुधबार भारतको सिलिगुरीबाट झापाको काँकरभिट्टटाहुँदै शुरुहुने छ । २५ वटा बाईकमा १८ भारतीय ट्रावल एजेन्सीका र ८ जना नेपाली ट्रबल एजेन्सीका हुने छन् । एक्स्पीडीसनमा सहभाजीहरु पहिलो दिन झापाको वाहुनडाँगीको बाटोहुँदै बहुवन भएर बर्नेमा निस्केर मेचीराजमार्ग हुँदै जोरकलसमा खाना खाने छ त्यस्तै हाँसपोखरी पाथीभरा क्षेत्रमा होल्ड हुने छ । कन्यामको अवलोकन गर्दै इलाम बजार आएर रात विताउने छ ।

इलामबजारबाट दोस्रो दिन इलामबजारबाट सुम्वेक हुर्दै जमुनाको ढापपोखरीमा गएर होल्डहुने छ र खानखाने छ । मावुको तिनकुनेमा दोस्रोरात विताउने छ । तेस्रो दिन तिनकुनेबाट कालपोखरी हुँदै सन्दकपुरमा गएर वस्ने छ । चौथो दिन सन्दकपुबाट माइमझुवा हुँदै माईपोखरीबाट नेपालटार हुँदै मंगलबारे गएर वास वस्ने छ । पाचौँ दिन मंगलबारेबाट पानीटार हुँदै माईखोलामा होल्ड गर्दै माईनगरपालिकाको बाटो झापा गएर समापन हुने छ । एक्स्पीडीसनको क्रममा स्थानीयहरु सँग छलफलपनि गर्दै जनाने छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता