बिर्तामोडमा ‘गलबन्दी च्यातियो’ गुञ्जिने

बिर्तामोड, ६ असारः बिर्तामोडको शिखर बजारले तेस्रो वार्षिक उत्सवको अवसरमा ‘गलबन्दी च्यातियो’ गुञ्जिाउने भएको छ । शिखरले असार २८ गते बिर्तामोडमा पछिल्लो समय चर्चामा रहेको दोहोरी गीत ‘गलबन्दी च्यातियो’का गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियार मार्फत् दोहोरी नाईट कार्यक्रमको आयोजना गर्ने भएको छ । 
बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत् उक्त कार्यक्रमको अवसर पारेर झापाका तीनजना उद्योगीलाई सम्मान गर्ने जनाएको छ ।  जोडीका लागि २५ सय र  प्रतिव्यक्ति एकहजारका टिकट रहने बजार सञ्चालक दिपेन्द्र राउत बताए ।
 शिखर बजारमा २५ सयको सामग्री खरिद गर्दा एउटा टिकट उपलब्ध गराइने बताइएको छ । पूर्वमा दोहोरी गीत स्थापित गर्नसमेत कार्यक्रमको आयोजना गरिएको राउतले जनाए । तीन वर्ष अघि बिर्ताबजारमा मुख्य कार्यालय स्थापना गरेर सञ्चालनमा आएको शिखरले बिर्तामोडको शनिश्चरे रोडमा समेत शाखा बिस्तार गरेको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता