प्रहरी कारबाहीमा ‘विप्लव’ नेता पौडेलको मृत्यु, बन्दुक र मोटरसाइकल बरामद्

सर्लाही, ५ असार । प्रहरी कारबाहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । विहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१ चुरे क्षेत्र स्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीका अधारमा गएको प्रहरीको गस्ती टोली देखेपछि पौडेल नेतृत्वमा रहेको माओवादी कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रहरीले जवाफी कारबाही गर्ने क्रममा केहीबेर दोहोरो गोली हानाहान समेत भएको बताइएको छ । तर, पछि माओवादी कार्यकताको भागा–भाग भएको बताइएको छ । जानकारी अनुसार प्रहरी कारबाही रोकिएपछि केही उत्तरतर्फ गएर हेर्दा गोली लागेको अवस्थामा पौडेलको शव फेला परेको हो ।
घटनास्थलमा बन्दुक र मोटरसाइकल बरामद् भएको प्रहरीले जनाएको छ । कारबाहीमा अन्य माओवादी कार्यकर्तासमेत घाईते भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले केही बताउन चाहेनन् ।

सर्लाहीकै बागमती नरपालिका–२, धरहरा निवासी पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाहीका अध्यक्ष बनेका थिए । पछि नेकपा माओवादीमा प्रवेश गरेका पौडेल मोहन वैद्यले पार्टी फुटाएपछि त्यतै लागेका थिए । लगतै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ पार्टी खोलेपछि पौडेल भूमिगत भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता