- गोबिन्द पौडेल

करिव एक दशक अघि नै निमार्ण थालिएर अहिलेसम्म पूरा गर्न नसकिएको मन्दिरको निमार्ण र मर्मत गर्न एक समितिको समेत निमार्ण गरिएको छ ।
एक दशक अघि स्थानीय बासीहरुले किर्तन मण्डली बनाएर आर्थिक संकलन गरि प्रहरी चौकी नजिकैसुनाखरी सामुदायिक बनको जमिनमा मन्दिर निमार्ण थालेपछि पशुपति नगरका ब्यवसायी लिला देबी श्रेष्टले २५ हजार सहयोग गरेपछि मनिदरको पिलर लगाइएको थियो ।
पछि श्रेष्ठ सभासद भएपछि पनि ७० हजार सहयोग गरेको भएपनि अन्य रकम नजुटेकोले निर्माण कार्य स्थगित रहेको थियो । हर्कटेमा आइतबार वसेको एक भेलाले मन्दिर निमार्णको लागि खड्कग प्रसाद सुबेदीको अध्यक्षतामा अशोक ठटाल, उपाध्यक्ष, इन्दिरा ढकाल सचिव, रेनुका ढकाल कोषाध्यक्ष, सर्मिला पौडेल, बिपुला आचार्य, हेमन्ता निरौला लगायतका सदस्य रहेको मन्दिर निमार्ण समिति गठन गरेको अध्यक्ष खड्ग सुबेदीले बताए ।