
इलाम, २२ जेठः विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको हो । टसहारेर पहिले व्याटीङ गरेको श्रीलंकाले ३६.५ ओभरमा सवै विकेट गुमाउँदै २०२ रन बनएको थियो ।
पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाएका थिए ।