
इलाम, ८ असारः जिल्ला प्रहरी कार्यालय इलामले लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्धसप्ताहब्यापि कार्यक्रम अन्तर्गत इलाम जिल्ला भर बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरी रहेको छ ।सोही अभियान अन्तर्गत असार ५ गते देखी ८ गते सम्म इलाम नगरपालिकाका मन्टेश्वरी ,प्रज्ञा सदन र आर्दश माध्यमिक विद्यालयहरुमा त्यसै गरी अमन कल्याण मा वि. नयाँबजारमा सचेतनामुलक कार्यक्रम संचालन भई सकेको छ भने असार ५ गते देखी ८ गते सम्म माङसेबुङ गाँउपालिका-२, फागफोकथुम गाँउपालिका-६ र देउमाई नगरपालिका-९ स्थित पाखाबारी तथा सार्वजनिक जग्गामा आफै उम्रिएको गाँजाका बोटहरु फडानी गरी सोही स्थानमा नष्ट गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत सगरमाथा टिन्स क्लब गठन गर्ने क्रममा यही असार ६ गते इलाम जिल्ला स्थित बिद्यालयका शिक्षक नायकहरुलाई लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्ध जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले प्रशिक्षण दिनु भएको छ । सो सप्ताहब्यापि कार्यक्रम असार ५ गतेजिल्ला प्रशासन कार्यालय इलामको संयोजन तथा जिल्ला प्रहरी कार्यालय इलामको सहकार्यमा बिभिन्नस सरोकारवाला निकायहरुको उपस्थितिमा इलाम नगरपालिका(७ स्थित ठुडिखेल बाट प्ले कार्ड सहित र्या्ली बाट सुभारम्भ गरीएको थियो भने जिल्ला भर बिभिन्न सचेतनामुलक कार्यक्रम गरी असार ११ गते समापन गरीने छ ।
