झापमा अपहरणमा परेकी बालिका भागेर बाँचिन

बिर्तामोड, ८ असारः झापाको बिर्तामोडमा अपहरणमा परेकी एक बालिका भागेर बँच्न सफल भएकी छन् । शनिबार साझ ७ बजे घरछेऊ सडकमा खेलिरहेको बालिकालाई एक ब्यक्तिले फिरफिरे चकलेट किन्दिने भन्दै फकाइ फुलाइ बिर्तामोड पश्चिम बस स्टयाण्ड पुर्याएका थिए ।
बिर्तामोडस्थित अदुवा खोला छेऊ रेडमगबाट बालिका अपहरणमा परेको बालिकाका अभिभावकले प्रहरीलाई सूचना दिएका थिए । बालिकालाई सिटीसफारीमा चढाइ लगिएको  प्रहरीले जनाएको छ  । अपहरणकारीले बालिकालाई हातपात गर्न खोजेपछी बालिका भागेर घर आएकी थिइन् । अपहरणमा परेको एक घण्टा पश्चात बालिका घर आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहन थापाले बताए । बालिकाको सहयोगमा  अपहरणकारीको  खोजीकार्य तिब्र पारिएको प्रमुख थापाको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता