भट्टराईको ‘अश्वत्थामा’ बिमोचन

बिर्तामोड, ७ असारः महाभारतको कथामा उपेक्षित पात्र र नलेखिएको विषयबस्तु समेटेर झापाका साहित्यकार कुमार भट्टराईले ‘अश्वत्थामा’ उपन्यास लेखेका छन् । उपन्यासको शनिबार बिर्तामोडमा आयोजित एक समारोहमा बिमोचन गरिएको छ । 
बिर्तामोडमा शनिवार आयोजित समारोहमा साहित्यकार गणेश रसिकले भट्टराईको उपन्यास अश्वत्थामाको विमोचन गरेका हुन् । पत्रकार तथा साहित्यकार भट्टराईको यो छैठौं कृति हो । यसलाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो । कृतिमाथि साहित्यकार मिश्र बैजयन्ती, कान्तिपुर साप्ताहिकका सम्पादक र पत्रकार बसन्त बस्नेत, पत्रकार चन्द्र भण्डारी टिप्पणी र समिक्षा गरेका थिए । 
महाभारतको कथामा दुर्याेधनलाई एउटा नकारात्मक पात्रको रुपमा चित्रण गरिएको छ । पुस्तकले महाभारत अध्ययन गर्ने पाठकले दुर्याेधनलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने लेखकको दावी छ । पुस्तकमा दुर्याेधन सहित एकलब्य र अश्वत्थामाको चरित्र र भुमिकामाथि पनि सकारात्मक टिप्पणी गरेको छ । महाभारत कथाका कतिपय संवादमा महिलालाई ‘बेश्या’का रुपमा चित्रण गरिएको भन्दै पुस्तकका एकजना समिक्षक मिश्र बैजयन्तीले महिलालाई बच्चा जन्माउने मेशिनका रुपमा मात्र मानिएको बताईन् । 
उनले भट्टराईको कृतिमा महाभारतको कथामा जस्तो महिलामाथिको भेदभाव नरहेको दावी गरिन् । साहित्यकार लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरु कृष्ण धराबासी, सरोज ओली, केदार शर्मा, बिमल बैद्य लगायतको उपस्थिति रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता