विश्वकप क्रिकेटः भारत सामु इंग्लायण्डको ३३८ रनको लक्ष्य

इलाम, १५ असारः जारी विश्वकपको ३८ औँ  खेलमा आयोजक इंग्ल्याण्डले भारत सामु ३३८ रनको लक्ष्य राखेको छ । टस जीतेर पहिले व्याटीङ गरेको इंग्लायण्ले ७ विकेटको क्षतिमा ३३७ रन बनाएको हो । निकै राम्रो शुरुवात गरेको इंग्ल्याण्डको पहिलो विकेटको लागि जोनी बैरस्टो र जासन रोयले सतकिय साझेदारी गर्दै १६० रन बनाएका थिए । इंग्ल्यण्डको लागि ओपनर बैरस्टोले १०९ बलमा १११ रन बनाए उनी मोहम्मद समीको वलमा  रिषभ पन्तको हातमा क्याच भएका थिए । अर्का ओपनर जासन रोयले ६६ रन बनाए, जो रुटले ११ रन, कप्तान इन मोर्गनले १ रन बनाए । बेन स्टोक्सले नटआउट रन बनाए । लियाम प्लुंकेटले १ रन बनाए । जोस बटलरले २० रन बनाए । क्रिस वोकसले ७ रन बनाए । 
वलिङ तर्फ भारतको लागि सर्वाधिक ५ विकेट मोहम्मद समीले लिए । कुलदिप यादव र जस्प्रित बुमरहाले समान १÷१ विकेट लिए अन्य वलरहरुले कुनै पनि विकेट निकालेनन् ।  
भारतले पाएको ३३८ रनको लक्ष्य भेट्नको लागि ओपनर रोहीत शर्माले लामो परी खेल्न जरुरी देखिन्छ । अर्का ओपनर केएल राहुल पनि निकै राम्रो लयमा रहेका छन् । कप्तान कोहोली र धोनी दुवै जना लक्ष्य पछ्याउनको लागि माहीर खेलाडी मानिन्छन् । आजको खेलमा भारतले युवा व्याट्समेन रिषभ पन्तलाई मौका दिएको छ अलराउण्डर बिजय शंकरको स्थानम पन्तलाई खेलाएको हो । केदार जाधव र हार्दिक पाण्ड्या पनि भारतको लागि राम्रै खेली रहेका छन् । 
६ खेल खेलेको भारत अहिले सम्म अपराजित रहेको छ ५ खेल जीतेको भारतको एक खेल वर्षका कारण रद्ध भए पछि न्युजिल्याण्डसँग अंक बाँडिको थियो । उसले ११ अंक जोडेको छ । यता इंग्ल्यण्डले भने ७ खेल खेली सकेको छ उसले ४ खेलमा जीत र ३ खेलमा हार वेहोरेको छ । यंग्ल्याण्डको ८ अंक रहेको छ आजको खेल हारेमा क्वालिफाई हुनको लागि अर्कोखेल जीते पनि अन्य टीमको खेलको नतिजा पर्खनु पर्ने हुन्छ भने भारतले आजको खेल जीते २ खेल अगावै क्वालिफाई हुने छ ।  यस अघिनै अष्ट्रेलिया १४ अंक सहित क्वालिफाइ भईसकेको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता