इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा कालोपत्रेको काम शुरु

नयाँबजार, १६ असारः  इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजार क्षेत्रमा कालोपत्रे गर्ने काम शुरु भएको छ । चालु आर्थिक वर्षदेखि आर्थिक वर्षदेखि नयाँबजार क्षेत्रलाइ सफा र सुन्दकर बनाउने योजनाका साथ कालोपत्रे शुरु भएको हो ।
कालोपत्रेका लागि चालु आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा निर्माण कम्पनी मार्फत कालोपत्रेको काम शुरु भएको गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले बताए ।
गाउँपालिकाले टेण्डर मार्फत ५८ लाख रुपैयाँमा निर्माणको काम भइरहेको हो । नयाँबजार क्षेत्रमा कालोपत्रे गर्न र सहरि सुन्दरता बढाउनका लागि आगामि आर्थिक वर्षमा समेत एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताए । लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता