लागुऔषधका बेफाइदा बुझाउँदै प्रहरी

बिर्तामोड, ९ असारः  सरकार ल्याएको प्रहरी साझेदार कार्यक्रम इलाका प्रहरी कार्यालय बिर्तामोडले कार्यान्वयनमा ल्याउदैँ आएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले साझेदार कार्यक्रम अनर्तगत बिर्तामोडका विभिन्न विद्यालयमा लागुऔषध न्युनिकरण, साइबर अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्दै आएको हो । 
इलाका प्रहरी कार्यालय बिताृमोडले सोमबार बिर्तामोडको टावर टेम्पल विद्यालयमा लागुऔषध न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सहजिकरण झापा जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले गरेका थिए । साथीसंगिको संगतले अधिकांश मानिस लागुऔषधमा फस्ने गरेको जनाएका मैनालीले समाजमा घट्ने ७५ प्रतिशत घटना लागुऔषधको प्रयोग गरे पश्चात हुने गरेको बताए । शिक्षित वर्ग पनि लागुऔषधको सिकार बन्दै गएकाले न्यूनिकरण प्रमुख आवश्यकता रहेको प्रमुख मैनालीले बताए । २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन आएसँगै प्रयोगकर्तालाई कारबाहीको दायरामा ल्याउन  भने सहज भएको मैनालीले बताए । 
विद्यालयका संस्थापक नरेशमान धिमालको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै झापाका प्रमख जिल्ला अधिकारी जनकराज दाहालले लागुऔषध प्रयोगको सुरुवात पारिवरिक समस्या, तनाव, र साथीसंगीको संगतले हुने गरेकाले यस विषयमा प्रहरीसँगको साझेदारीमा कार्यक्रम गर्दै आएको बताए । 
लागुऔषधका प्रकार र प्रयोग गर्दा हुने बेफाइदाका विषयमा विद्यार्थीलाई जानकारी गराउनु मुख्य उद्देश्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले बताए । बिर्तामोडका प्रत्येक विद्यालयमा यसप्रकारको कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको थापाको भनाई छ । कार्यक्रममा टावर टेम्पल, देवी मावि र रुद्र मेमोरियल अंग्रेजी विद्यालयका १५० बढी विद्यार्थीको सहभागिता रहेको थियो ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता