इलाम नगरपालिकाको पाँचौ नगरसभा शुरु (नीति तथा कार्याक्रमको पूर्णपाठ सहित)


इलाम, ९ असारः इलाम नगरपालिका इलामको पाँचौ नगरसभा २०७६ साल असार ९ गते सोमबारबाट शुरु भएको छ । 
नगर सभाको पहिलो दिन इलाम नगरपालिकाकी उपप्रमुख सुशिला नेम्बाङ्गले इलाम नगरपालिकाको आ.ब. २०७६÷७७ को नीति तथा कार्यक्रम नगर सभा समक्ष प्रस्तुती गर्नुभयो । उपप्रमुखबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगर सभाका सदस्य भानु घिमिरे र डाकप्रसाद दुलालले आप्mनो भनाइ राख्नुभएको थियो । नगर सभामा छलफल पश्चात आ.ब. २०७६÷७७ को नीति तथा कार्यक्रम पारित भएको छ ।
नगर सभाका सदस्य तथा आर्थिक समितिका संयोजक नारदप्रसाद लम्सालले ८६ करोड ८२ लाख २२ हजारको आर्थिक तथा विनियोजन प्रस्ताव प्रस्तुत गर्नुभएको छ । उक्त प्रस्तावलाई नगर सभामा छलफल पश्चात पारित गरिएको छ । 
पाँचौ नगरसभाको दास्रो दिन मिति २०७६ असार १० गते आ.ब. २०७६÷७७ को बजेट तथा कार्यक्रम प्रस्तुती, इलाम नगरपालिकाको लघु उद्यम, घरेलु उद्योग तथा साना उद्योग दर्ता, नवीकरण खारेजी तथा प्रवद्र्धन सम्बन्धी ऐन २०७६, इलाम नगरपालिकाको स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन २०७६, इलाम नगरपालिकाको पूर्वाधार विकास सम्बन्धी ऐन २०७६ को प्रस्तुती रहने छ । 

इलाम नगरपालिकाको पाँचौ नगर सभामा प्रस्तुत इलाम नगरपालिकाको आ।ब। २०७६।७७ को  नीति तथा कार्यक्रम

सभाका अध्यक्ष महोदय,
आज हामी नेपालको १ नं. प्रदेश अन्तर्गत इलाम जिल्लाको इलाम नगरपालिकाको पाँचौ नगर सभामा उपस्थित भएका छौ । यस अवसरमा म सभाध्यक्ष ज्यू मार्फत सबै नगर सभाका सदस्यज्यूहरुलाई हार्दिक स्वागत गर्दछु ।
विगत लामो समयदेखि हामी र हाम्रा अग्रजहरुको निरन्तर प्रयास, प्रयत्न र बलिदानीबाट प्राप्त राजनैतिक अधिकारलाई संस्थागत गर्ने मूल आधार २०७२ साल असोज २ गते प्राप्त नेपालको संविधानलाई संस्थागत गर्दै समृद्धितर्फ हाम्रा प्रयासहरु केन्द्रित गर्ने प्रयास स्वरुप यस नगरपालिकाको निर्वाचित प्रतिनिधि भई हाम्रो कार्यकाल प्रारम्भ भएको २ वर्ष पूरा हुनै लागेको छ । यस अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको अभियानको राजनैतिक अधिकार प्राप्तिको अभियानमा शहिद हुनु भएका सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु, घाइतेहरु प्रति शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु, वेपत्ता भएका व्यक्त्तिका परिवारले नीजको अवस्थाका वारेमा यथार्थ जानकारी पाउन सकुन भनि कामना गर्दछु । हामीलाई निर्वाचित गर्नु हुने आम इलाम नगरवासीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
हामी निर्वाचित भएर कार्यकाल सम्हाल्न सुरु गर्ने वित्तिकै देखि यस नगरलाई सुदृढ र व्यवस्थित गर्दै समृद्ध नगर बनाउन सहयोग, सल्लाह सुझाव प्रदान गर्नु हुने सबै महानुभावहरुप्रति कृतज्ञता व्यक्त गर्दछु ।
इलाम नगरपालिकाको यस सम्मानित नगर सभामा आर्थिक वर्ष २०७६।७७ को बार्षिक बजेट तथा कार्यक्रम निर्माण गर्दा सोको पुर्व शर्तको रुपमा रहेको यस नगरपालिकाको वाषिर्क नीति तथा कार्यक्रम पारित गर्नु पर्ने स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ को व्यवस्थाका आधारमा आ।ब। २०७६।७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सभाध्यक्ष महोदय,
इलाम नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरि रहदा हाम्रो भौगोलिक बनोट, सामाजिक पृष्ठभूमि, विकासप्रतिको धारणा, हाम्रा सांस्कृतिक, आर्थिक अवस्था र राज्य पुन संरचनाको प्रारम्भिक अभ्यास आदिका कारण जनअपेक्षा र हाम्रो आफ्नै चाहना समेत नीति तथा कार्यक्रममा सम्पुर्ण रुपमा समावेश गर्ने गराउने प्रयास पुर्ण नहुन सक्छ । यद्यपि हाम्रो संरचनागत, कानुनी र आर्थिक अवस्थाका आधारमा, इलाम नगरपालिकाको बजेट तथा योजना तर्जुमा समितिको सिफारिसका आधारमा नगरपालिकाको नीति तथा कार्यक्रम यस सम्मानित सभामा छलफल भई पारित हुने विश्वासका साथ पेश गर्ने अनुमति चाहन्छु ।
प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश प्रतिबद्धताहरु विगत आर्थिक वर्षहरुमा यसै सम्मानित सभाबाट पारित नीति तथा कार्यक्रमको समीक्षा र सोको निरन्तरतालाई ध्यान दिइएको छ भने केही विषयहरु बदलिदो परिस्थिति र उपयुक्तताका आधारमा पेश गरिएको व्यहोरा समेत यस सम्मानित सभामा अनुरोध गर्न चाहन्छु ।
इलाम नगरपालिकाको सम्पुर्ण नीति तथा कार्यक्रमबाट आत्मनिर्भर स्थानीय सरकारको उद्देश्य हासिल हुने विश्वास लिएको   छु ।

नीति तथा कार्यक्रम
  1.  इलाम नगरको समृद्धिका आधारहरु पर्यटन, कृषि र जलस्रोत भएको हुनाले सो क्षेत्रसँग सम्बन्धित विकास कार्यक्रम कार्यान्वयन गरिनेछ ।
  2.  राजश्व परिचालनका लागि करका दर भन्दा दायरा फराकिलो र प्रगतिशील बनाउदै कार्यान्वयन गरिनेछ । विभिन्न वडाहरुमा विद्यमान भौतिक पूर्वाधारको विद्यमानता र स्थानीय कर प्रदायकको क्षमतलाई ध्यानमा राखी कर व्यवस्था मिलाइनेछ । सेवा शुल्कको दर भने नगरपालिकाका सबै वडाहरुमा समान रुपमा कार्यान्वयन गर्ने नीति लिइनेछ ।
  3. वातावरणमैत्री तथा दिगो विकासलाई सुनिश्चित गर्न वातावरण संरक्षण, सम्वर्धन र नतिजामुखी कार्यक्रम संचालन, व्यवस्थापन गरिनेछ ।
  4. जैविक कृषि उत्पादन र पशुपन्छीजन्य उत्पादन बढाइ व्यावसायिक र औद्योगिकीकरण गर्न टेवा पुग्ने गरी कार्यक्रमहरु संचालन गरिनेछ ।
  5. सेवा प्रवाह गर्ने निकाय वडा कार्यालय र मुख्य प्रशासकीय भवनलाई स्रोत साधनयुक्त बनाई सेवा प्रवाहमा सहज, सरल तथा सुचना प्रविधि मैत्रि संचालन गर्न गराउन प्राथमिकता दिइनेछ ।
  6. वडा वडामा स्थापित जेष्ठ नागरिक केन्द्र र जेष्ठ नागरिक लक्षित कार्यक्रमलाई जेष्ठ नागरिकहरुको अवस्था र आवश्यकतालाई ध्यानमा राखी कार्यक्रम संचालन गरिनेछ ।
  7. आम नगरवासी, महिला तथा बालबालिकाको स्वास्थ्य सवल बनाउन उच्च प्राथमिकता दिई कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमलाई आधारभूत तहसम्म पुर्याउने महिला स्वास्थ्य स्वयमसेविकाहरुको सेवा प्रवाहलाई निरन्तरता दिइनेछ । महिला स्वास्थ्य स्वयमसेविकाहरुका  लागी प्रोत्साहन कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
  8. नगर भित्र निर्माण हुने भौतिक पूर्वाधारहरुको नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार शुल्क संकलन गर्ने कार्यलाई निरन्तरता दिदै यस्ता पुर्वाधारहरुको संरक्षण, सर्म्वर्द्धन तथा वर्षौ भरी संचालन हुने व्यवस्था मिलाउन पहल गरिनेछ ।
  9. विकास निर्माणका हरेक कार्यक्रममा जोखिम व्यवस्थापन तथा न्यूनीकरण पक्षमा उच्च संवदेनशीलता अपनाइनेछ ।
  10. विगतदेखि अपनाउँदै आएको सार्वजनिक निजी साझेदारीको अवधारणालाई नगरको पुर्वाधार निर्माण कार्य तथा अन्य विकास कार्यमा अवलम्बन गर्ने नीति र कार्यलाई प्रोत्साहित गर्दै निरन्तरता दिइनेछ ।
  11. महिला प्रजनन स्वास्थ्यलाई शिशुस्याहार कार्यसँग आवद्ध गर्राई विगतदेखि उपलब्ध गराउँदै आएको प्रसुति सुविधा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  12. व्यावसायिक रुपमा पशुपन्छी पालन व्यवसाय गर्ने दलित वर्गलाई आवश्यकता हेरी पशुपन्छी बीमा अनुदान सहयोग कार्यक्रम संचालन गरिनेछ ।
  13. पुर्वाधार निर्माणमा संलग्न कालिगढहरुको सीप विकास कार्यक्रम संचालन गरिनेछ । निर्माण कार्यमा संलग्न मजदुहरुको जोखिम न्यूनीकरण गर्न बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  14. इलाम नगरपालिका क्षेत्र भित्र निर्माण हुने सबै प्रकारका घर तथा संरचनाहरु विकास निर्माण मापदण्ड तथा भवन संहिता बमोजिम नगरपालिकाको स्वीकृति अनिवार्य गर्ने कार्य कडाइका साथ लागू गरिनेछ । निर्माण सम्पन्न भईसकेका घर तथा संरचनाहरुको अभिलेखीकरण गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरिनेछ ।
  15. हरेक वडामा न्यूनतम एक खेलमैदान, एक पोखरी, एक नर्सरी, एक बाल उद्यान र एक नमुना विद्यालय कार्यक्रम संचालन गर्न प्रोत्साहन र सहयोग गरिनेछ ।
  16. इलाम नगरपालिकाको भूउपयोग योजना अनुसार भौगोलिक क्षेत्रहरुको वर्गीकरण गर्न गरेको सिफारीस अनुसार व्यवस्थित सहरी विकासका लागि सघन बस्ती विकास र उपनगरको रुपमा विकास गर्ने नीति स्वीकृतिका लागी यसै सम्मानीत सभामा पेश गरीनेछ ।
  17. भूउपयोग योजना र नगर यातायात गुरु योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ ।
  18. नगरवासी महिलाहरुलाई लागि सीप सिकाइ उद्यमी बनाउन उपप्रमुख सीप विकास तथा उद्यम कार्यक्रम संचालन गरिनेछ ।
  19. लक्षित वर्गलाई लक्षित गरेका बजेटलाई सीपमूलक र आयमूलक कार्यक्रम संचालन गर्न प्राथमिकता दिइनेछ ।
  20. इलाम बजारमा रहेको इलाम दरबार सांस्कृतिक संग्रहालय संचालन गर्न इलाम नगरपालिकालाई स्वामित्व हस्तान्तरण नहुने गरी नेपाल सरकारबाट प्राप्त भएकोले उक्त दरबारलाई अरनिको दरबार संग्रहालय नामाकरण गरी संचालनमा ल्याउने व्यवस्था मिलाइनेछ ।
  21. नगरपालिकाको जनशक्ति ९निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु० र संस्थाको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
  22. इलाम नगरपालिका र नगरपालिकाको कार्यक्षेत्र भित्र रहेका सार्वजानिकरसामुदायिक संस्थारकार्यालयहरुलाई सूचना तथा प्रविधिमैत्री बनाइनेछ ।
  23. नेपाल सरकार, एसियाली विकास बैंक र नगर विकास कोषको ऋण सहयोगमा संचालन हुने गइरहेको इलाम सहरी खानेपानी योजनाको निर्माण तथा संचालनमा इलाम नगरपालिकाले अभिभावकत्व लिई व्यवस्थित गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
  24. नगरपालिकाका भौतिक पुर्वाधारलाई व्यवस्थित गर्न, नगर क्षेत्रका संघसंस्था व्यवस्थित गर्न, नगरवासीहरुको स्वास्थ्य र सरसफाइको अधिकार स्थापित गर्न र नगर क्षेत्रमा संचालन हुने उद्योग धन्दाहरुलाई व्यवस्थित गर्न यसै नगर सभामा विधेयक पेश गरिनेछ ।
  25. इलाम नगरपालिकाबाट जारी गरिएको ऐन, नियम, कार्यविधि, निर्देशिका अनुसार गठन भएका र हुने सबै संस्थाहरुलाई संस्थागत गरी समाजका सबै वर्ग र क्षेत्रको विकास र प्रवर्द्धन गर्ने कार्य प्राथमिकताका साथ संचालन गरिनेछ ।
  26. इलाम नगरपालिकाको सबै कार्यक्रमलाई नेपाल सरकारले लिएको ूसुखी नेपाली स्समृद्ध नेपालू भन्ने दूरदृष्टि अनुसारको समृद्धि हासिल गर्ने कार्यमा सहायक हुने गरी सबै तहका सरकार र तिनका कार्यालयहरु, विकासका साझेदार संस्था, इलाम नगरवासी, नागरिक समाज र सरोकारवाला सबैसँग नगरपालिकाबाट सहजीकरण, समन्वय र सहकार्य गरिनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता