विप्लव बन्दकाे मनाेवैज्ञानिक त्रास : ठाउँ-ठाउँमा बम, शैक्षिक संस्था पनि बन्द

काठमाडाैँ, १० असारः  प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार आयोजना गरेका नेपाल बन्दका कारण काठमाडौँ उपत्यका सहित देशभरका जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण राजधानीमा सार्वजनिक सवारी साधानहरु कमै चलेका छन् । अन्य बन्दका तुलनामा निजी सवारीसधानहरु सडकमा कम गुडेको छन् ।
उपत्यकाका निजी शैक्षिक संस्थाहरुले पठनपाठन नै बन्द गरेका छन् । यसकाे मनाेवैज्ञानिक त्रास बालबालिकामा पर्न सक्ने देखिन्छ । चोक-चोक प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
बन्दलाई प्रभावकारी बनाउन देशका विभिन्न स्थानबाट विप्लव समूहले बम राखेको समाचारहरु आएका छन् । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरु सतर्क रहेकाे जनाइएकाे छ ।
असार ५ गते सर्लाही जिल्लाका संयोजक कुमार पौडेलको प्रहरीका गोली लागि मृत्यु भएको विरोधमा सो समूहले बन्दको आह्वान गरेको छ । सरकारले दोहोरो भिडन्तमा पौडेल मारिएको र उनीसँगबाट पेस्तोल बरामत भएको जनाएको छ । तर नेकपाले पौडेललाई पक्राउ गरेपछि हत्या गरिएको जनाएको छ ।
यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगका दुई टोलीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी संसदका राज्य व्यवस्था समितिले समेत छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।
न्युज२४ बाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता