आँखा पाक्ने रोगः रोगीसँग हात मिलाउँदा र रोगीले प्रयोग गरेका कपडा प्रयोग गर्दा सर्छ


काठमाडौ । गर्मी बढेसँगै  वायुप्रदुषण  कारण आँखामा विभिन्न किसिमका रोगको संक्रमण भएका विरामी बढ्न थालेका छन् । धुवाधुलो र गर्मीमा घामको किरणले आँखासम्बन्धि एलर्जी, आँखा पाक्ने, सुख्खा हुने जस्ता संक्रमण देखिने चिकित्सकहरु बताउछन् ।

आँखा पाक्ने रोग एक सरुवा रोग हो । रोगीको तौलिया या रुमालको प्रयोग गर्नाले पनि यो रोग फैलिन्छ । हात मिलाउदा, फेस टु फेस हेर्दा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै संग सर्नेतिलगंगा आँखा अस्पतालका कन्सल्टेन्ट, अक्युलोप्लाष्टिक सर्जन डा. रोहित शैजुले बताए ।

“ यति बेला प्रदुषण र गर्मीका कारण एलर्जिक कन्जन्टिवाइटिसका बिरामी निकै बढिरहेका छन् । एलर्जिक कन्जन्टिवाइटिसमा आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निन्छ र बिस्तारै पाक्दै जान्छ,”उनले भने “धुवाधुलो र गर्मीले आँखा सुख्खा हुने, आँखा पोल्ने,रातो हुने, बिझाउने,आँखा पाक्ने, हेर्न गाह्रो हुने र उज्यालो नै मन नपर्ने जस्ता समस्याहरु देखिन्छन ।”आँखा पाक्ने समस्या भाइरस, ब्याक्टेरिया वा एलर्जीको कारणले हुने र कन्जन्टिवाइटिस धुलो, धुवाँ र प्रदूषणले हुने आँखा रोग विशेषज्ञहरुले बताएका छन् । आँखा पाक्ने समस्या
 यसका अलावा आँखा सुक्खा हुने, आँखा रातो हुृने चिलाउने, विहान उठ्दा आँखामा चिप्रा आउने, आँसु झरिरहने जस्ता समस्याहरु देखा पर्छन ।
लक्षण 
आँखा रातो हुने
आँशु बग्ने
घाममा हेर्न वा बस्न गाह्रो हुने
आँखाको ढकनी सुन्निने
कचिरा लाग्ने
उज्यालोमा आँखा तर्मिराउने
आँखा चिलाउने
चिप्रा लाग्ने
पिप जम्ने


बच्ने उपाय 
बाहिर निस्कँदा धुवाधुलो र घामका किरणबाट आँखाको सुरक्षा गर्नका लागि चस्माको प्रयोग गर्नुपर्छ ।
जसले गर्दा चस्माको प्रयोग गर्दा हावाहुरी चल्दा धुलोका कण सिधै आँखामा पर्न पनि पाउँदैन ।

आँखामा धुलो परेको अवस्थामा मिच्नु हुँदैन । आँखा मिच्दा रातो हुनेलगायतका समस्या निम्तिने गर्छ जसको कारण दृष्टिविहीनको अवस्था पनि निम्त्याउन सक्छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता