अधिकांश युवतीले मेकअप गर्दा गर्ने गल्ती यी हुन्

एजेन्सी । युवतिहरुमा आफुले मेकपमा प्रयोग गरिने साधन कस्तेो प्रयोग गर्ने विषमा थाहाँ नहुदाँ विभिन्न गल्ति गर्ने गछैन् । घर बाहिर जादा होस या घरमै बस्दा हरेक युवतीलाई साज–सज्जा मन पर्दछ । तर, लापरवाही र जानकारीको अभावका कारण धेरै जसो युवतीले मेकअपसँग सम्बन्धित गल्तीहरु गरिरहेका हुन्छन् ।

गलत लाइटिङमा मेकअप गर्नु

 बम बम बम
मेकअप गर्दा लाइटिङको सही उपयोग नगर्दा तपाईंको मेकअपका लागि विपद् ९डिजास्टर० साबित हुन सक्छ । किनकि यदि तपाईंले थोरै लाइट अथवा गलत दिशाबाट आइरहेको लाइटमा मेकअप गर्नुभयो भने मेकअपमा भएको कमी थाहा पाउन सक्नु हुन्न । कुनै कार्यक्रममा पुग्दा खराब मेकअपले लज्जित हुनुपर्ने अवस्था पनि आउन सक्छ । यस कारण सही लाइटिङमा मेकअपको ठूलो भूमिका रहन्छ ।

अधिक फाउण्डेशनको प्रयोग गर्नु 

फाउण्डेशन लगाउनुको मुख्य उद्देश्य हो त्वचालाई ‘सेम टोन’ दिनु र त्वचामा देखिएको चाउरीलाई लुकाउनु । जसबाट छाला सफा देखिन्छ । जबकी अधिक फाउण्डेशन लगाउँदा तपाईंको त्वचा अति नै छिप्पिएको देखिन सकछ । त्यस कारण सफा र निखारयुक्त अनुहारका लागि आवश्यक मात्रै फाउण्डेशन लगाउनु पर्दछ ।

गलत लिप शेड को चयन
तपाईंले कुनै पनि लिप शेड यस कारण चयन गर्नुहुन्न किनकि यो मैट लिपस्टिक हो । मैट लिपस्टिक केही घण्टापछि ओठलाई सुख्खा बनाउँछ ।

मस्कारा र लुक
यदि तपाई हरेक दिन वाटर प्रुफ मस्कारा लगाउनु हुन्छ भने आजैबाट यस्तो नगर्नुस् । यसलाई त्यो बेला लगाउनुस् जुन बेला जरूरी छ र त्यो बेला पनि ओभर कोटिङबाट भने जोगिनुहोस् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता