खाजाको रुपमा सजिलै घरमा बनाउँन सकिन्छ तावा चिकेन

हरेक दिन बाहिरको खानेकुरा खान कहाँ फुर्सद हुन्छ  ।  अझ भन्नु पर्दा घरमा कोहि पाहुना आएका छन् भने ति पाहुनालाई के खानेकुरा बनाएर खुवाउँने चिन्ता पर्न सक्छ । तर त्यस्तो चिन्ता नलिई सजिलै घरमा आफै तावा चिकेन बनाएर भुजासँग सजिलै खाजा दिन सकिन्छ ।
तावा चिकेन बनाउँन आवश्यक सामाग्री
क. एक केजी कुखुराको मासु
ख.२ चम्चा कागतीको रस राख्ने
ग.४ कप दही,
घ.२ टेबुल चम्चा अदुवा र लसुनको पेस्ट,

ङ.१चम्चा धनियाँको पाउडर, २ टेबुल चम्चा जिरा पाउडर,
च.१ टेबुल चम्चा बेसार, १ टेबुल चम्चा खुर्सानीको, धूलो, १ टेबुल चम्चा

छ.गरम मसला, १ टेबुल चम्चा चाट मसला, २ टेबुल चम्चा बटर, धनियाँ अलिकति, नुन स्वादअनुसार लिनुपर्छ ।
विधि 

कुखुराको मासुका स–साना टुक्रा बनाउने ।
काटिएको मासुमा कागतीको रस, अदुवा र लसुनको पेस्ट तथा नुन हाल्ने र ३० मिनेटसम्म छापेर राख्ने ।
अर्को भाडोमा  भाँडामा दही, बेसार, जिरा र धनियाको पाउडर, खुर्सानीको धूलो, गरम मसला राख्ने । त्यो छोपेर राखेको मासुमा मोल्ने ।
करिब ३ घण्टा फ्रिजमा राख्ने ।
३ घण्टापछि उक्त चिकेनलाई  तावामा वटर वा तेलसँग सेकेको करिब १० मिनेटमा नै तयारी हुन्छ हाम्रो तावा चिकेन ।
त्यो चिकेन भुजासँग राखेर खाजाको रुपमा सजिलै खान सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता