सुदूरपश्चिममा फेरि आँधीहुरी, तीन दिनसम्म ठूलो हावाहुरी र चट्याङसहित भारी बर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं । गएको बिहीबार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको हावाकुरीका कारण २ जनाको मृत्यु भएको थियो भने सय बढि घाइते भएका थिए । ७५ लाख भन्दा बढिको विद्युतिय क्षति भएको थियो ।
ती जिल्लामा फेरि आज (बुधबार) बिहानैदेखि भीषण हावाहुरी आएको छ । हावाहुरी चलेपछि स्थानीयवासीहरु पहिलाकै अवस्था सिर्जना हुने डरले आत्तिएका छन् । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ ।
बिहान ठूलो हावाहुरी चलेर केही क्षेत्रमा पानीसमेत परेको थियो । तर सो वायुको प्रभाव कम हुँदै गएकाले खतरा नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने सम्भावना रहेको बताउँदै महाशाखाले सचेत रहन आग्रह समेत गरेको छ ।

चट्याङ लाग्दा डडेल्धुरामा एक बालिका मृत्यु

स्कुल जान तयरी गर्दै गरेकी एक बालिकालाइ चट्याङ लाग्दा डडेल्धुरामा मृत्यु भएको छ। त्यस्तैगरी अन्य तीनजना घाईते भएका छन् ।
मृत्यु हुनेमा परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। बुधबार (आज) बिहान विद्यालय जान तयारी गर्दै गर्दा उनलाई चट्याङ लागेको थियो । गम्भीर घाईते भएपछि उपचार गर्न अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।
त्यसैगरी चट्याङका कारण सोही स्थानका ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाईते भएका छन् ।
घाइते मध्ये भरतको अवस्था गम्भीर प्रहरीले बताएको छ । घाईते तीनै जनालाई उपचारका लागि अस्पताल पठाईएको प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता