औषधीय गुणले भरिपूर्ण घ्यूकुमारीकाे यी फाइदाहरु

एजेन्सी । घ्यूकुमारी एक औषधीय गुणले भरिएको बनस्पति हो । यसबाट धेरै फाइदाहरु लिन सकिन्छ । यसलाई गमलामा रोप्दा पनि हुन्छ । जसलाई सामान्य आवश्यक्तामा प्रयोग गर्न सकिन्छ ।
घ्यूकुमारीमा धेरै भिटामीन, खनिज, अमिनो एसिड र इन्जाइम्स हुन्छन् । यो हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक छ । यसलाई विभिन्न रोगमा औषधिको रुपमा प्रयोग गरिने हुनाले प्राकृतिक बरदान पनि मानिन्छ ।
स्तन वृद्धिका लागि घ्युकुमारीले मदत गर्न सकिन्छ। यसको प्रयोगले प्राकृतिक रुपमा स्तनको आकार बढाउन सहयोग गर्छ । घ्यूकुमारी स्तनमा लेपन र नियमित सेवन गर्दा पनि स्तन वृद्धि हुने उल्लेख छ ।
घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन् । घ्यू कुमारीको गुदीमा बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा लगाउनाले आँखा पाक्ने लगायत आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
कान दुखेमा घ्यू कुमारीको गुदी मनतातो पारेर २ र ३ थोपा हाल्नाले ठीक हुन्छ ।
नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले ज्वरो निको भएर आउँछ । यसो गर्दा बान्ता भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।आगोले पोलेमा तुरुन्त घ्युकुमारी काटेर लगाउँदा जलन निको हुनुको साथै नियमित लगाउँदा घाउ निको हुन्छ ।
बिहान बेलुका १/१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ । घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता