अन्तर विद्यालय क्रिकेटः प्रज्ञा सदनलाई उपाधी

इलाम, १९ जेठः इलामको ठूलो टुँडिखेलमा भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी प्रज्ञा सदनले चुमेको छ । मंगलबार भएको फाइनखेलमा ४ विकेटले आर्दश माविलाई हराएको हो । टसहारेर पहिले व्याटीङ गरेको आर्दशले १६ ओभरमा सवै विकेट गुमाएर ७४ रन बनाएको थियो । आर्दशका कुनै पनि व्याट्समेनले दोहोरो अंक बनाउँन नसक्ददा ७४ रनमा समेटीएको हो । प्रज्ञा सदनको जिनेश आचार्यले टुर्णमेन्डको पहिलो ह्याट्रीक लिदै ५ विकेट निकालेका थिए । प्रज्ञा सदनले ७५ रनको लक्ष्य ६ विकेटको क्षतिमा १३.५ ओभरमा पुरा गरेको हो ।  प्रज्ञाशदनको तर्फबाट सुदिप तामाङले सर्वाधिक २९ रन बनाएका थिए । खेलको म्यन अफ द म्याच ५ विकेट  निकालेका जिनेश आचार्य भए ।
अन्तर विद्यालय खेलको वेस्ट बलर प्रज्ञा सदनका सागर खत्री भए उनले प्रतियोगीतामा १० विकेटलनिकालेका थिए । वेस्ट व्याट्मेन ज्योति सदनका दिपक लिम्वु भए उनले ८४ रन बनाएका थिए । वेस्ट क्याप्टेन आदर्शका रमेश मगर, एमाइन्जीङ प्लेयर प्रज्ञा सदनकासन्देश विक,फेयर प्ले अवड हेरीटेज नेस्नल एकाडेमीले पाएको थियो । प्रतियोगिताको समापनमा इलाम क्रिकेट एकाडेमीलाई उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले नगद पाँच हजार सहायोग गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता