
इलाम, २३ जेठः फिदिम बजारमा अचानक आगलागि शुरु भएको छ । एशियन लाईफ इन्योरेन्स नजिकै रहेको मेनरोडमा रहेको पाथभिरा मिष्ठान भण्डार भएको घरमा आगलागी भई रहेको प्रत्यक्षदर्शिले वताएका छन् । आगो निभाउन प्रयास भईरहेको छ । इलामबाट पनि दमकल आगो निभाउन हिडीसकेको छ । थप जानकारी आउन बाँकी रहेको छ ।