पर्यटकको आगमन वढ्दै सीमाना बजारमा

सुकेपोखरी, २३ जेठः  पशुपतिनगरबाट ७ किलोमिटरको दुरीमा  नेपाल भारतको सिमानामा रहेको गोलिटार भ्यू पोइन्ट सिमाना बजारमा पयर्टकहरूको आगमन शुरू भएको छ। प्रतिदिन यी दुवै विशेष स्थानमा रमाइलो गरी घुम्न आउने पयर्टकहरूको संख्यामा वृद्धि भएर गएको छ।
पयर्टकहरू को आगमनसंगै यहाँको व्यापार व्यवसायमा उर्वरता देखा परेकोले क्षेत्रको आर्थिक सम्पन्नतामा भने जस्तो सुधार आएको अनुमान लगा इएको छ।पानी झरी र तुँवालो लागेको अँध्यारो तथा नरमाइलो दिनमा पनि विशेष गोलिटार भ्यू पोइन्ट परिसरमा दैनिक सयको संख्यामा देशी एवं विदेशी पर्यटक घुम्न आउने गरेको एलटी शेर्पाले जनाएको छ।
जसको कारण खुद्रा व्यापार गरी जीवन धान्ने दिशामा लागीपरेका स्थानिय ग्रामवासीको आय स्रोतको बाटो प्रशस्त बनेको तिनको भनाइ छ।गोलिटारमा कुनै विशेष पार्क र रमाइलो दिने खाल को युगानुकुल केन्द्र नभएता पनि यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्य नै पयर्टकहरूलाई आकर्षित गर्ने र स्थानिय नागारिकहरूलाई फाइदा दिने वरदान सावित बनेको शेर्पाले जनाए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता