योग सबै उमेरका मानिसलाई आवश्यक । यस्ता छन् ७ फाईदा


काठमाडौ । योग सबै उमेरका मानिसमा उपयुक्त हुन्छ ।  बालबालिकाको हकमा भने ३ देखि ४ वर्षको उमेरबाट नै योग सुरु गराउन सकिन्छ । योगले बालबालिकाको बौद्धिक क्षमता वृद्धि गर्न सहयोग गर्छ ।

गर्भवती महिलाले पनि योग गर्नुपर्छ । गर्भवती महिलालाई स्ट्रेस हुन्छ । विभिन्न किसिमका लक्षणहरु गर्भावस्थामा देखिन्छन् । त्यो बेलामा मनलाई शान्त पार्ने खालको प्रणायम, ध्यानहरु गर्न सकिन्छ भने पेटमा बल नपर्ने खालको हात खुट्टा चलाउने, लामो —लामो श्वास फेर्ने खालको शरीरिक अभ्यास गर्न सकिन्छ ।
युवाहरुले योगले दिनभर थकान नलाग्ने र मानसिक तनाव कम गर्ने हुन्छ । भने वृद्धवृद्धा वा रोगले सिकिस्त भएको मानिसलाई पनि योग गर्न जरुरी छ ।

यस्ता  छन्  ७ फाईदा

१.मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ ।

२.शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

३.पाचन क्षमता बढाउँछ ।

४. शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ ।

५. मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।
६.शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ ।

७.शरीरलाई स्वास्थ राख्नुका साथै आयू लम्ब्याउने काम योगले गर्छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता