खोलाले बगाउँदा २ वर्षीय बालकको मृत्यु


संखुवासभा । संखुवासभाको मकालु–२ बुङगिङमा खोलाले बगाएर २ वर्षीय बालकको ज्यान गएको छ । मकालु गाउँपालिकामा खोलाले बगाउँदा बुङगिङका चिङगु शेर्पाका छोरा दुई वर्षीय पेम्बा नुर्वु शेर्पाको मृत्यु भएको हो ।
शेर्पा दम्पती बिहीबार छोरा र छोरीलाई घरमा छाडेर च्याक्सेडाडाँ बजार गएका थिए। उनीहरू राति घर फर्केर आउँदा घरमा छोरी मात्र भेटिएकी थिइन्।
प्रहरी र स्थानीयले खोजतलास गर्दा ५०० मिटर तल बालकलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता