इलाममा छुट्टा छुट्टै दुर्घटनामा दुईजना घाइते

इलाम, १३ असारः इइलाममा छुट्टा छुट्टै दुर्घटनामा दुईजना घाइते भएका छन् । इलामको धोबिधारामा  बिब्ल्याटेबाट इलाम तर्फ आउदै गरेको मे.१ ज. ७४० नं. को ट्याक्सी र बिपरीत दिशाबाट जादै गरेको मे. २. प ७७२० नं को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक देउमाई नगरपालिकाका  बिशाल राईको टाउकोमा चोट लागी घाईते भई इलाम अस्पताल इलाममा प्राथमिक उपचार पछी थप उपचारको लागि झापाको विएनसी  पठाईको छ । दुवै सवारी साधन र ट्याक्सी चालक यस जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको छ । 
यस्तै आजै  फिक्कल श्रीअन्तु सडक खण्डमा फिक्कलबाट श्रीअन्तु जादै गरेको मे ३ प ९१२ नं को मोटरसाईकल अनियन्त्रीत भई दुर्घट्ना हुदा  समाल्बुङ बस्ने  मनी कुमार गुरुङको टाउको र  छातीमा चोट लागि घाईते भई उपचारको लागि झापा तर्फ पठाईएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता