झापामा चार थान मोटरसाइकल सहित चार पक्राउ

बिर्तामोड, १३ असारः झापाको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय झापाले चोरी भएको चार थान मोटरसाइकल सहित चोरीमा संलग्न चारजनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड, दमक र माइधारबाट चोरी भएको चार थान मोटरसाइकल सहित चारजनालाई शिवगञ्जबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादहका विजय चौधरी, डाँगिवारीका करण चौधरी, सोही स्थानका रोविन चौधरी र विनोद मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । 
उनीहरुको समुहले ह्याण्डिल लक गरेर राखेको अवस्थामा मोटरसाइकल चोर्ने गरेको पाइएको उनले बताए । चोरीमा संलग्न चारैजनालाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी मोहन थापाले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता