हेर्नुहोस् छोटो समयमा पनि स्मार्ट मेकअप यसरी गर्न सकिन्छ

कामकाजी महिलाहरूसँग धेरै समय लगाएर मेकअप गर्ने समय नै  हुँदैन । तर त्यस्तो समयमा पनि सजिलै आफुलँई आकर्षित बनाउँन सकिन्छ । कसैको विहेको पार्टीमा होस् या कुनै कार्यक्रममा । 

छोटो समयमा आफूलाई तयार गर्नुपर्ने हुन्छ । कति पय समय त अचानक पार्टीमा जानुपर्दा मेकअप गरेर जाने पर्याप्त समय पनि हुदैन । तर छोटो समयमा नै सजिलै  हाम्रो आँखामा गाजल र लिप्समा ग्लस  गर्दा त्यसले ग्ल्यामरस लुक्स दिन्छ । आँखा सानो छ भने ठूलो देखाउन वाइट आई पेन्सिल प्रयोग गर्ने ।

ओठ सेपलेस भए लिपलाइनरले आउटलाइन कोरेर पर्फेक्ट सेप दिएपछि मात्र लिपिस्टिक लगाउने ।

आँखालाई अझ आकर्षक लुक दिन डार्क ब्लु आई पेन्सिल प्रयोग गर्न सकिन्छ । सुन्दरता निखार्न अनुहारको कुनै एउटा मेकअपलाई हाइलाइट गर्ने । जस्तो ओठमा डार्क कलरको लिपिस्टिक वा आँखामा डार्क रंगको आइस्याडो लगाउने ।

त्यसैगरी, साँझको पार्टीमा जानु छ भने सबैभन्दा पहिले मोइस्चराइजर लगाउने अनि स्किन टोनसँग मिलाएर फाउन्डेसन लगाई फेस पाउडर लगाउँन सकिन्छ ।  त्यसपछि सेतो आइस्याडो लगाउँदा लुक्स फ्रेस देखिन्छ । अझ  गाजल, आइलाइनर र मस्कारा लगाउँदा मेकअप पूरा हुन्छ । गोरा महिलाहरूलाई रातो लिपिस्टिकले निकै राम्रो लुक्स दिन्छ ।

तर अनुहारमा दाग, धब्बा लुकाउन फाउन्डेसन तथा कन्सिलर बढी प्रयोग गर्छन् । त्यस्तो गर्दा अनुहारको छालामा अझ बढि समस्या आउँछ । त्यस्तो समस्या आउन नदिन कुन कम्पनीको सामान प्रयोग गरिँदैछ त्यसका बारेमा बुझेर उचित मात्रामा प्रयोग गर्नुपर्छ । मेकअपका सामान प्रयोग गर्दा क्यामेडोजेनिक प्रोडक्ट्स प्रयोग गर्नुपर्छ ।
(शान्ति व्युटि पार्लरकी प्रबन्धक शान्ति श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित )

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता