सामुहिक बलात्कृत भएकी २ युवती : गाउँपालिकाले १०-१० हजार दियो, अभियुक्त पक्रन छैन सक्रियता

बुटवल । रुपन्देहीको गैडहवामा २ युवतीमाथि सामुहिक बलत्कार भएको छ । गैडहवा गाउँपालिका ९ मैनहीया २२ वर्षे २ युवती छिमेकी युवा समूहबाट वलात्कृत भएका हुन् ।
पीडित युवतीको भनाइ अनुसार स्थानीय विष्णु थारुले असार २ गते साझ खाजा खान गाउँकै एक रेष्टुरेण्टमा बोलाएका थिए । राम्रो चिनजान र सँगै पढेका साथी भएकाले घरपरिवारको सल्लाह अनुसारनै २ युवती खाजा खान गएका थिए ।
खाजासंगै विष्णुले मदिरासमेत खाएका थिए । मदिराले मात्तिएका विष्णुले ढिलाइ गरेपछि राति करिब ९ बजे मात्रै उनीहरु रेष्टुरेण्टबाट बाहिरीएका थिए । तिनै विष्णुले घर फर्किदै गर्दा बाटोमा अन्य २ युवा बोलाएका थिए । युवाहरु आएपछियुवतीमाथि जबर्जस्ती गर्न थालेका थिए । सो क्रममा एक युवती सडकमै बलात्कृत भएकी थिइन् ।
अर्की युवती भागेकी थिइन् । भागेकी युवतीले हसनापुर गाउँमा स्थानीयवासीन्दा देखेपछि गुहार मागेकी थिइन् । तर गुहार माग्दै आएकी युवतीलाई जीवन ज्ञवालीसहितका चार जनाले त्यही बलात्कार गरेका थिए । विष्णु लगायतको समुहबाट बलात्कृत भएकी युवती बिहानपख घर पुगेर आफन्तलाई खबर गरेकी थिइन् । यसपछि अर्की युवतीलाई सडकबाटै स्थानीयले उद्धार गरेका थिए ।

युवतीले घटनाको अर्को दिन असार ३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा ७ जना विरुद्ध जाहेरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ । उनी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम गैडहवाका अधिकृत समेत हुन् । इलाका प्रहरी कार्यालयले पक्राउ परेका ज्ञवालीलाई असार ४ मा जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको इप्रका लुम्बिनीमा प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।
अरोपी विष्णु थारु सहितका अन्य व्यक्ति भने फरार छन् । प्रहरीले पक्राउमा समस्या पर्ने भन्दै अन्य अभियुक्तको नाम गोप्य राखेको छ । तर घटनाको गहिरो अनुसन्धान र फरारको खोजीका लागि भने प्रहरीले खास पहल गरेको छैन । सामुहिक बलत्कारका सबै अभियुक्तमाथि मुद्धा चलाउन पनि नखोजेको पीडित युवतीको गुनासो छ । प्रहरी निरीक्षक पोखरेलले भने रातीको घटना भएकाले युवतीको भनाइका आधारमा सबै अभियुक्तको हुलीया लिन र पक्राउ गर्न समस्या भएको बताए ।

बलत्कारपछि स्थानीय दुई पक्षमा विभाजीत भएका छन् । केहीले पीडकलाई बचाउन लागेका छन् भने केही पीडितको पक्षमा छन् । स्थानीय पक्षवीपक्षमा बाडिदा घटनाको अनुसन्धान प्रभावीत भएको छ । केही पीडकले आफूहरुलाई पक्राउ गरे ज्यान लिने धम्की दिएको युवतीहरुले बताए । यसबाट युवती त्रसित छन् ।

प्रहरीले पीडकको खोजी र घटना अनुसन्धानमा बेवास्था गरेको भन्दै एक युवतीका आफन्तले घटना सार्वजनीक गरेका छन् । आफ्नै गाउमा आफ्नै साथीभाइबाट बलत्कारमा पर्दा समेत नागरिक अगुवा र प्रहरी संवेदनशील नभएकाले घटना सार्वजनीक गरेको उनीहरुले बताए ।

युवती बलत्कारको विषयले गैडहवा गाउपालिकाको कार्यपालिका बैठकमा समेत प्रवेश पाएको छ । असार ६ गते एक महिला सदस्यले मैनहियामा युवतीमाथि भएको बलत्कारको घटना ओझेलमा परेको भन्दै कुरा उठाएकी थिइन् । यसपछि कार्यपालिकाले दुवैजनालाई १०, १० हजार रकम दिने निर्णय गरेको थियो ।

उक्त रकम उपलब्ध समेत गराएको अध्यक्ष बच्चुलाल केवटले बताए । ‘न्यायकालागि प्रहरी छ भनेर तत्काल क्षतीपूर्तिका लागि उक्त रकम दिएका हौं,’ उनले भने,‘घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन के गर्नुपर्छ आवश्यक परे सहयोग गर्छौं ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता