मोरङको शनिश्चरेमा बस र तरकारी बोकेको गाडी ठोक्किँदा एकको ज्यान गयाे, १८ घाइते

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको शनिश्चरे १० पथरी बजारमा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता