इलाका प्रहरी कार्यालय बिर्तामोडमा अन्तवार्ता कक्ष र चिल्ड्रेन कर्नर

बिर्तामोड,४ साउनः   इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसंधनात्मक अन्तवार्ता कक्ष  र कार्यालय परिसरमा ‘चिल्ड्रेन कर्नर’ निर्माण गरेको छ ।  
प्रहरीलाई अनुसंधानमा सहजता पु¥याउनका लागि अन्तवार्ता कक्ष निर्माण गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मोहनकुमार थापाले बताए । बाहिरको होहल्लाले असर नपार्ने सुविधासम्पन्न कक्ष पछिल्लो समय अनुसन्धानमा प्रहरीको न्युनतम आवश्यकताभित्र पर्ने डिएसपी थापा बताउँछन् ।
बालबालिकासहित प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि चिल्ड्रेन कर्नर निर्माण गरिएको हो । चिल्ड्रेन कर्नरमा बालबालिकाका लागि विभिन्न प्रकारका खेल सामग्री राखिएको छ । बालबालिकालाई कर्नरमा राखेपछि अभिभावकलाई काम गर्न सहज हुने भएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ‘नमुना प्रहरी अवधारणा कार्यक्रम’ अन्र्तगत चिल्ड्रेन कर्नर र अनुसंधनात्मक अन्तवार्ता कक्ष निर्माण भएको डिएसपी थापाले जानकारी दिए । चिल्ड्रेन कर्नरको लागत ४ लाख र अन्तवार्ता कक्षको लागत ७ लाख रुपैंयाँ रहेको छ  । इप्रका बिर्तामोड र काँकडभिट्टामा ८ लाख रुपैयाँको लागतमा डिजिटल डिस्प्ले बोर्ड समेत निर्माण हुने भएको छ । बिर्तामोड सहित दमक र धुलाबारीमा चिल्ड्रेन कर्नर निर्माण भएको छ भने अन्तवार्ता कक्ष भने बिर्तामोडमा मात्र निर्माण भएको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता