अझै खुलेन पहिरोले अवरुद्ध भएको मेची राजमार्ग, आधा घण्टा हिडेर अर्को गाडी चढ्दै यात्रु

इलाम, ३ साउनः मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भए पछि अहिले  यात्रुहरु आधा घण्टा हिडेर अर्को गाडी फेर्न वाध्य भएका छन् ।  फाल्गुनन्द गाउँपालिका–३ को पाङ्ग्रे भिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताउनुभयो ।
सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको भए पनि आज ३ दिन वितिसक्दा पनि पहिरो पन्छाई सकेको छैन ।

तस्वीर सवै गिरीराज बाँस्कोटाको फेसबुकबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता