इलाममा १ लाख ३४ हजार पर्यटक भित्रिए, अघिल्लो वर्ष भन्दा ४३ प्रतिशतले वढे

इलाम, ३ साउनः इलाममा घुम्न आउने पर्यटको संख्या दिनानुदिन वढ्दो छ । आर्थिक बर्ष २०७४/ ०७५ भन्दा यो आर्थिक बर्ष  इलाम घुम्ने पर्यटन को संख्या मा ४२.६७ प्रतिसत ले वृद्धि भएको छ । गत बर्ष ९३९७६ जनाले इलाम भ्रमण गरेका थिए भने यो  बर्ष ४०१०१ ले बडेर १३४०७७ पुगेको छ।
पर्यटन सूचना केन्द्र जोरकलशमा दर्ता भए अनुसार इलाम प्रवेश गर्ने ६२६१०महिला  तथा ७१४६७ पुरुष रहेका छ्न । कुल आगन्तुक पर्यटन मध्ये ५८० जना बिदेशी पर्यटन छ्न भने १३३४९७ आन्तरिक रहेका रहेका छन् ।  बिदेशी मध्ये २२९ महिला र ३५१ पुरुषले इलाम घुमेका थिए । जोरकलशमा दर्ता नभई आउने पर्यटकहरु पनि रहेका छन कतिपय पर्यटक भाडाको गाडीमा आउने र उनीहरुको तथ्यांक संकलनमा मुस्कील हुने गरेकेो जोरकलशका सूचना अधिकारी गगन घिमिरे वताउँछन् । 
इलाम भित्रिने पर्यटकको पहिलो रोजाई  कन्याम भएको छ जोरकलशमा रहेको तथ्यांकको आधारमा ३८ हजार ५ सय ९५ जनाले कन्याम घुमेकाछन् । दोस्रो रोजाईमा इलामबजार रहेको छ । इलाम बजार ३२ हजार ४ सय ४८ जनाले भ्रमण गरेका छन् । तेस्रो रोजाईमा इलामको पशुपतिनगर रहेका छन् पशुपतिनगर जाने अधिकांश पर्यटकहरु भारतको दार्जिलिङ जानेगरेका छन् ।  
यो वर्ष ३२ हजार ४ सय २० जनाले पशुपतिनगरको भ्रमण गरेका छन् । त्यस्तै फिक्कल ११ हजार ६ सय ८ जना, श्रीअन्तु ६ हजार ८ सय ९५ जना, तप्लेजुङ ६ हजार १ सय १८ जना, कुटीडाँडा ५ हजार ८ सय १८ जना र माइपोखरी १ सय ७५ जानाले भ्रमण गरेको तथ्यांक रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता