मुख्यमन्त्री प्रदेश लिगः झापा र इलामको विजयी शुरुवात

इलाम, १८ असारः देशभरी सञ्चालन भई रहेको मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ अन्तरगत १ नं. प्रदेशको समूह ‘ग’को खेल इलाममा  आजबाट शुरु भएको छ । खेलको औपचारीक रुपमा उद्घाटन १ नं. प्रदेशका अर्थमन्त्री इन्द्रवहादुर आङ्वोले आज इलामको ठूलो टुँडिखेलमा गरेका थिए ।  
आज भएको उद्घाटन खेलमा सैनिक युथ क्लब झापा विजयी भएको छ । शैनिक युथ क्लब झापले पाँचथरको सयपत्री स्पोटिङ्ग क्लबलाई ३–१ ले हराएको हो । आजै भएको दोस्रो खेलमा इलामको रेड हर्स फुटबल क्लवले ताप्लेजुङको  प्रगतिशिल युवा क्लबलाई ४–१ ले हराएको छ । विजेता दुवै टीमले ३/३ अंक जोडेका छन् ।  भोलीको पहिलो खेल प्रगतिशिल युवा क्लब ताप्लेजुङ्ग र सैनिक युथ क्लब झापा विच हुने छ भने दोस्रो खेल रेड हर्स  र सयपत्री युवा क्लब विच हुने छ । 
इलाममा भई रहेको खेल १ नं. प्रदेशको समूह ‘ग’ को खेल हो समूह क को खेल उदयपुरमा र समूह ख को खेल धरानमा भई रहेको छ । १ नं. प्रदेशका समूह विजविजेता र उपविजेता विच यहि २६ गते विराटनगरमा खेल हुने छ । विराटनगरमा भएको विजेता र उपविजेत विचको प्रतियोगीताको विजेतालाई राष्ट्रिय लिगमा सहभागि गराइने छ । यो प्रतियोगिताले  खेलाडीहरुको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वश गरेको  १ नं. प्रदेश प्रतियोगिताका उपाध्यक्ष निरोज खड्गी वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता