इलाममा मुख्यमन्त्री प्रदेश लिग फुटबल आजबाट शुरु

इलाम, १८ असारः देशभरी सञ्चालन भई रहेको मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ इलाममा पनि आजबाट शुरु हुने छ । पहिलो चरणको लिग अन्तर्रगत प्रत्येक जिल्लामा लिग सम्पन्न गरेर जिल्ला च्याम्पियन टीमहरुलाई दोस्रो चरणको लिगमा इलाममा आजबाट इलाम, पाँचथर, ताप्लेजुङ  र झापाका लिग च्याम्पीयनहरु आजबाट इलाममा भिड्दैछन् । इलामबाट रेडहर्स , झापाबाट सैनिक युथ क्लब, पाँचथरबाट सयपत्री स्र्पोटिङ्ग क्लब र ताप्लेजुङबाट प्रगतिशिल युवा क्लबले भाग लिदैछन् । 
आजहुने उद्घाटन खेलमा दिउँसो २ बजे सैनिक युथ क्लब झापा र सयपत्री स्पोटिङ्ग क्लब भिड्दैैछन् । आजै हुने ४ बजेको खेलमा रेड हर्स इलाम र प्रगतिशिल युवा क्लब ताप्लेजुङ्ग विचको खेल हुने छ । १९ विहीबार पनि दुई खेल हुने छन् पहिलो खेल प्रगतिशिल युवा क्लब ताप्लेजुङ्ग र सैनिक युथ क्लब झापा विच हुने छ दोस्रो खेल रेड हर्स  र सयपत्री युवा क्लब विच हुने छ । २० गते शुक्रबार सयपत्रि युवा क्लब पाँचथर र प्रगतिशिल युवा क्लब ताप्लेजुङ विच हुने छ भने प्रतियोगिताको अन्तीम खेल२१ गते शनिबार सैनिक युथ क्लब झापा र रेड हर्स क्लब इलाम विच हुने छ ।
प्रतियोगीतामा विजेताले ३ अंक पाउने छ खेल बराबरी भएका १/१ अंक बाड्ने छन् । इलाममा भई रहेको खेल १ नं. प्रदेशको समूह ग को खेल हो समूह क को खेल उदयपुरमा र समूह ख को खेल धरानमा भई रहेको छ । १ नं. प्रदेशका समूह विजविजेता र उपविजेता विच यहि २६ गते विराटनगरमा खेल हुने छ । विराटनगरमा भएको विजेता र उपविजेत विचको प्रतियोगीताको विजेतालाई राष्ट्रिय लिगमा सहभागि गराइने छ । यो प्रतियोगिताले  खेलाडीहरुको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वश गरेको  १ नं. प्रदेश प्रतियोगिताका उपाध्यक्ष निरोज खड्गी वताउँछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता