इलामको मिलगोलाईमा बोलेरो दुर्घटना हुँदा चार जना घाईते

इलाम,२३ असारः इलामको साँखेजुङ स्थीत मिल गोलाईमा हिजो भएको बुलेरो दुर्घटनामा ४ जना घाइते भएका छन् । इलाम नगरपालिका १ साँखेजुङ  मिलगोलाई स्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको मे १ ज १९९८ नंवरको बोलेरो आफै अन्यत्रित भई सडकबाट दाया साईटमा पल्टि दुर्घटना भएको छ । दुर्घटनाबाट धाइते हुनेमा दाङ घोराई  बस्ने बर्ष ३६ को डम्बर बहादुर घर्ती उनी नेपाली सेना पाँचथरमा कार्यरत थिए । ताप्लेजुङ श्रीजङगा बस्ने बर्ष २२ को उमेश राई, पाँचथर तुम्बेवा  बस्ने बर्ष १९ को शुसम राई र  पाँचथर फाल्गुन्द ।३ बस्ने बर्ष २७ को बसन्त नेम्वाङ सामान्य घाईते रहेका छन् उनीहरुको इलाम अस्पतालमा उपचार भईरहेको छ । सवारी चालक अहिले प्रहरी नियनत्रणमा रहको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता