पहिलो नजरमानै कुरुप इलाम, हरित नगरको बसपार्क प्रवेशद्वारमा फोहोरको थुप्रो

इलाम, ५ साउनः सुन्दर नगरिको रुपमा चिनिएको इलाम बजारको वसपार्क प्रवेशगर्ने ठाउँमा झन्डै १० दिन देखि फोहोर थुप्रेको छ । बोरामा हालेका वोतल र केही फोहोर रहेको छ । नगरपालिकाको गाडीलाई उठाउन अनुरोध गर्दा वोतलहरु उठाउन नमिल्ने भन्छ । अधिल्लो वर्ष मात्र १ लाख भन्दा धेरै पर्यटक भित्रिएको इलाममा वसपार्क पस्दा पस्दैको यो फोहोरले कस्तो संकेत गर्छ होला ? 
फोहोर व्यवस्थापनमा एक त स्थानीयहरु पनि जागरुक हुन जरुरी छ । होटल संञ्चलकलाई वियर, पेप्सी, हुस्की वेच्ने अनुमती दिएको नगरपालिकाले फोहोर व्यवस्थापनमा पनि चासो देखउनु पर्ने देखिन्छ । नगरपालिकाले फोहोर उठाउँदा बोतल उठाउदीन भन्न त नमिल्नु पर्नेहो किनकी बार संचालनकोलागि पनि कर उठाएको छ त्यसैबाट फोहोर व्यवस्थापन गर्नु पर्ने देखिन्छ । यसरी फाेहाेर बाटोमा थुप्रने हो भने पर्यटकहरूले इलामको कस्तो सन्देश लान्छन् होला ?
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता