इलाम प्रहरीद्वारा युवाहरुलाई लागु औषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण

इलाम, १४ साउनः समुदाय-प्रहरी जिल्ला समिति इलामको आयोजनामा इलाम ४ स्थित वडा कार्यालयको सभाहलमा स्थानिय माझ लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन भएको छ । 
यही श्रावण १४ गते समुदाय-प्रहरी जिल्ला समिति इलामको आयोजनामा तथा पिस-एक्शन ग्रुप बरबोटे इलामको सहकार्यमा संचालन भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री,जिल्ला युवा समिति कार्यालय इलामका अध्यक्ष नवराज शंकर, इलाम नगरपलिकाका ४ का वडा सदस्य ज्ञानेन्द्र निरौला, वडा सदस्य शुसिला बि।क।,वडा सचिप, संचारकर्मी, पिस-एक्शन ग्रुप बरबोटे इलामका पदाधिकारी लगायत स्थानीय मानिसहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले लागु औषध न्युनिकरण,रोकथाम,मानव शरिर तथा समाजमा पार्ने असर तथा कानुनी प्रावधान सम्बन्धी सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो भने  जिल्ला युवा समिति कार्यालय इलामका अध्यक्ष नवराज शंकरले लागु औषधको बिषयमा महत्व पुर्ण भनाई राख्नु भएको थियो । कार्यक्रममको समापन पिस-एक्शन ग्रुप बरबोटे इलाम कार्यक्रम संयोजक नविन ओलीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता