इलाममा नेवार समुदायको गठे मंगल पर्व मनाइयो

इलाम, १४ साउनः आज इलाम सहित देशैभरी रहेका नेवार समुदायमा गठे मंगल पर्व मनाइँदैछ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज  यो पर्व मनाउने गर्दछन् ।
साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । इलामा पनि आज नर्कटबाट निर्मित गाठेमंगललाई विहान बाजागाजा सहित बजार परिक्रममा गराएर सूर्य अस्त हुनेबेला सम्म चोकबजारमा राखेर साँझमा चियाबारीमा लगेर दहन गरिने नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष प्रविण श्रेष्ठले बताए ।
त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि छ ।
परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता