इलामका मिलनलाई ‘राष्ट्रिय शिक्षा सेवा सम्मान’ले सम्मानित


इलाम, ३० असारः इलाममा वसेर लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरेका मिलन चन्द्र सन्यासी नागरिक एकता समाजले असार २८ गते  ुराष्ट्रिय शिक्षा सेवा सम्मानुले सम्मान गरेको  छ । सन्यासीले विगत ३२ वर्ष देखि भारतको दार्जिलीङबाट इलाममा आएर इलामको शिक्षा क्षेत्रमा अपुरणिय योगदान गरेका छन् । सन्यासीले २०४४ सालमा इलाम आएका सामुदायीक, निजीहुँदै हाल महेन्द्र रत्न बहुमुखि क्याम्पसमा विगत २७ वर्ष अघिदेखि कार्यरत छन् । उनी दार्जिलीङबाट इलाम आए अनि इलामको मायाले इलामै विद्यार्थीलाई शिक्षा दिएर वसे ।  
सन्यासीले पढाएका विद्यार्थीहरुले अहिले नेपालका  विभिन्न क्षेत्रमा कार्यरत छन् । सन्यासीले इलामको गणित र विज्ञान विषयमा पढाएका विद्यार्थीहरु अहिले धेरै विद्यालयमा अध्यापन गरिरहेका छन् । उनलाई अहिले त्रिभूवन विश्व विद्यालयका आंगिक क्याम्पसमा २५ वर्ष सम्म लगातार काम गरेवापत उनलाई दिर्ग सेवा पदकले समेत यहि असार २५ सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता