वैदेशिक रोजगारीको दुःखः इलाम साँखेजुङका टुकेनकाे काेरियामा निधन

इलाम, ३० असारः  दक्षिण कोरिया /राजधानी सौल बाट करिब ४८ किलोमीटर टाडा योङ्गिन सहरको फेगाममा कार्यरत एक नेपालीको निधन भएको छ ।
इलाम जिल्ला साबिक साखेजुङका टुकेन लिङ्दम लिम्बूको उपचारको क्रममा निधन भएको हो । लिम्बू करिब ४ बर्ष अघि इपिएस प्रणाली मार्फत कोरिया आएका थिए । नेपालबाट कोरिया प्रवेश गरेर एक कम्पनीमा कार्यरत रहदादेखी नै स्वास्थ्यमा सामान्य समस्या देखिए पछि उपचारका लागि उक्त कम्पनी छाड्नु परेको थियो ।
उपचारकै क्रममा उनको मुटुमा समस्या भएको पाइएकोले कोरियाकै एक अस्पतालमा भर्ना भएर मुटुको सल्यक्रिया मार्फत मुटुको धड्कन सन्तुलनका लागि एक मेसिन जडान गरिएको थियो करिब १ बर्षको उपचार र आराम पश्चात् लिम्बू पून: योङ्गिन स्थित एक प्याकिङ कम्पनीमा काम गर्दै थिए । लामो समयपछि केहि दिन अघि पून समस्या देखिए पछि सुवन स्थित आजु हस्पिटलमा भर्ना गरिएको थियो त्यहा करिब २१ दिन सम्मको उपचारप५छ होसमा आएर स्वास्थ्यमा समेत क्रमिक सुधार आइरहेको थियो तर बिहान अचानक उनको मृत्यु भएको भनी अस्पतालले जानकारी गराएको मृतकका भाइले बताए ।
मृतक लिम्बूले गत बर्ष मात्र विवाह गरेर कोरिया फर्केका थिए मृतक परिवारको साहिलो छोरा रहेको र उनि कोरिया आउन अघि रोजगारीकै सिलसिलामा अफगानिस्तान समेत गएको कोरियामै रहेका मृतकका कान्छा भाइले जानकारी गराए छन । मृतकको शवलाई नेपाल पठाउनको लागि आवश्यक पहल गरिरहेको इलाम सेवा समाज दक्षिण कोरियाका सचिव केदार निरौलाले जानकारी गराएका छन ।
मृतकको बारेमा राजदुतावासलाई विदाको दिन परेकोले सोमबार मात्र जानकारी गराइने र आवश्यक रकम लगायतका कामको लागि इलाम सेवा समाज र किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले संयुक्त रुपमा अभियान चलाउने समाजका अध्यक्ष दर्पण गुरुङले बताएका छन । रोजगारीको लागि आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा औद्योगिक दुर्घटना लगायत विभिन्न कारणले नेपालीहरुको मृत्यु हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । 
सरलपाटीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता