बाढी र पहिरोबाट मृत्यु हुने ६५ पुगे, ३० जना बेपत्ता [अपडेट]

काठमाडौँ — अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले साेमबार बिहान सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ । अहिलेसम्म एक हजार ४४६ जनाकाे सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता