वर्षाका कारण इलाममा एक जनाको मृत्यु तीन जना बेपत्ता

इलाम, २९ असारः देशैभरी लगातार वर्षका कारण क्षति भएकोछ इलाममा पनि आज सम्म एक जनाको मृत्यु भएको छ भने तीन जना बालबालिका वेपत्ता भएका छन् ।मृत्यु हुनेमा चुलाचुली  १ बस्ने वर्ष अन्दानी ५५ को अञ्चल लावती रहेका छन् ।
लावतीलाई सोही स्थानको १  र २को सिमाना मा पर्ने बाघडोर खोला तर्ने क्रममा  बगाएको भन्ने खबर प्रचौ पेल्टीमारी इलाम जानकारी गराएको छ । उनको सव  झापा कमल गाँउपालिका २ भालुगाँउमा स्थित कमल खोलाको बगरमा मृत अवस्थामा लाश फेला परेको छ निज मृतकको आफन्त गई लाशको सनाखत भएको थियो । 
यस्तै शनिबार इलामको माइखोला तर्ने क्रममा ३ जना बालबालिका बगाएको छ । उनीहरुको शव अहिले सम्म फेला नपरेको इलम जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता