स्काई क्रिएशनले मिस्टर एण्ड मिस छान्दै

बिर्तामोड, २९ असारः स्काई क्रिएशन प्रालि झापाले प्रदेश स्तरीय मिस्टर तथा मिस प्रतियोगिता गर्ने भएको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै संस्थाले प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जनाएको हो । 
झापा, इलाम, पाँचथर, मोरङ, सुनसरीमा अडिसन गरेर प्रतियोगी छनौट गरिसकेको स्काई संस्थाका प्रवन्ध निर्देशक सन्दीप राजवंशीले बताए । ५ जिल्लामा भएको अडिसनबाट मिस्टर ५ जना र मिस २० जना छनौट भएको उनले जानकारी दिए । 
छनौट भएका प्रतियोगिहरुलाई ४० दिने फोटो ग्राफी, अभिनय, एयर होस्टेस, विभिन्न खेलकूद , सामाजिक कार्य सम्बन्धी विभिन्न तालिमा दिइने प्रतियोगिताका कोरियोग्राफर एलिशा अधिकारीले बताइन् । 
‘हामीले अरुभन्दा नौलोपन दिने प्रयास गरेका छौं’ संस्थाका कार्यकारी निर्देशक चिरञ्जीवि महतोले भने ‘हामी नगद पुरस्कार नदिने योजना बनाएका छौं, विजेतालाई नगद भन्दा पनि भविश्यमा उपयोगी हुने प्लेटफर्म दिन्छौे जसले आत्मनिर्भर बनाउछ ।’ 
विजेतालाई मिस प्लानेट इन्टरनेशनल नेपाल र मिस एण्ड मिस्टर वल्र्ड टुरिजम फेस्टिवलमा सहभागी गराउने महतोले बताए । साथै टाइटल विजेतालाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृति प्रदान गरिने बताइएको छ । असार ३० गतेदेखि क्लोज क्याम्प शुरु गरिने महतोले बताए । पत्रकार सम्मेलनमा आयोजक संस्थाका सदस्य कामना नेपाल, सोनिका राजवंशी र तनुश्री वर्मनलेको समेत उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता