मरब क्याम्पस इलामका सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा बिद्यार्थीद्धारा तालाबन्दी

इलाम, २६ असारः ४८ घण्टाको अल्टीमेटममा पनि क्याम्पस प्रशासनले माग पुरा नगरेपछि बिद्यार्थीहरुले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहयाक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
बिहानी समयमा प्रशासन र पुस्तकालय खोल्नु पर्ने माग राखेर पटक पटक आन्दोलन गर्दै आएका बिद्यार्थीले ५ दिन अघि ४८ घण्टे अल्टीमेटम दिएका थिए । उक्त समयमा पनि क्याम्पस प्रशासनले आफना माग पुरा नगरे पछि आज बिद्यार्थीले सहायक क्याम्पस प्रमुख प्रेम लुईटेल र पूर्ण प्रसाद ढुंगानको कार्यकक्षमा तालाबन्दी गरेका हुँन । गत बैशाख देखि क्याम्पसले बिहान प्रसाशन , पुस्तकालय बन्द गर्न थाले पछि बिद्यार्थीलाई बिभिन्न काम गर्न असहज हुँदै आएको आन्दोलनको नेतृत्व गरीरहेका बिद्यार्थी प्रशान्त गिरीले जानकारी दिनु भयो । बिद्यार्थीले कार्यकक्षमा तालाबन्दी गर्दा हाजीरीकपी भने बाहिर निकालीदिएका छन् । 
यस बिद्यार्थीले हिजो हातमा कालो पट्टी बाधेर बिद्यार्थीले बिरोध जनाएका थिए । २ सय ७७ जना बिद्यार्थीले हस्ताक्षर गरेर बिहानी समयमा प्रशासन र पुस्तकालय खोल्न माग गर्दै केहि दिन अघि प्रशासनलाई ज्ञापन पत्र बुझाउनदा पनि वास्ता नगरेपछि तालाबन्दी गर्नु परेको आन्दोलनरत बिद्यार्थी राम लम्सालले बताउनु भयो । सहायक क्याम्पस प्रमुख प्रेम लुईटेलले क्याम्पस प्रमुख राम गुराँगाई जिल्ला बाहिर रहेकाले उहा आए पछि बिद्यार्थीका मागका बिषयमा ठोस निर्णय गरिने जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ समस्या सानो थियो, बिद्यार्थीहरुले ताला लगाईहाले, दुई पक्ष बसेर निकास निकाल्छौ ।’
एवीसी नेपालीबाट साभार गिरएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता