समाजसेवी डम्बर खड्कालाई राष्ट्रिय सम्मान

इलाम, २२ असारः इलामका समाजसेवीलाई शनिबार काठमाडौंमा राष्ट्रिय सम्मान प्रदान गरिएको छ

ब्लुरेन एजुकेशन फाउन्डेसनले आयोजना गरेको ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसर पारेर नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्का र तथा निर्माण व्यवसायी दीपक गौतमलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

समाज सेवा तथा निर्माण व्यवसायी क्षेत्रमा लागेर प्राकृतिक प्रकोप पीडित, असक्त असाहय र उपचार गर्न नसकेको रोगीहरु, बृद्धाहरुलाई सहयोग प्रदान गर्नुका साथै सूयोदय नगरपालिकामा १०८ फिटको बुद्धको मुर्ति निर्माण गर्ने र मोनोरेल संचालन गर्ने तयारी थालेका नेता तथा समाजसेवी खड्कालाई उक्त सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा इलामकै कुनाल राई, सिद्ध गिरी, गायक इन्द्र गुरुङलगायतलाई पनि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र गीतकार बुद्धवीर लामाले संयुक्त रुपमा सम्मान प्रदान गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता